वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा अष्टमी - २३
नेपाल सरकारका जिल्ला स्थित कार्यालयहरुलाई रकम निकासा दिने, आन्तरिक लेखापरीक्षण गरी प्रतिवेदन उपलब्ध गराउने र विनियोजन, राजश्व तथा धरौटीको एकिकृत विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालयमा पेश गर्ने लगायतका कार्य सम्पादनका लागि आय व्यय संचालन कार्यविधि नियमावली, २०३८ बमोजिम वि.सं.२०३८ साल श्रावण १ गते देखि महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधिको रुपमा जिल्लास्तरमा कोष तथा लेखा नियन्त्रक कार्यालयहरुको स्थापना हुने क्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय, काठमाण्डौ वि.स.२०३८ साल श्रावण ७ गते स्थापना भएको हो।
कोष तथा लेखा नियन्त्रक कार्यालय, सुर्खेत नेपाल सरकारको महालेखा नियन्त्रक कार्यालय अन्तर्गत रही कर्णाली प्रदेशभित्र संघीय, प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालयहरूको आर्थिक प्रशासन, लेखा व्यवस्थापन, कोष सञ्चालन र वित्तीय नियन्त्रण सम्बन्धी कार्यहरू प्रभावकारी रूपमा सम्पादन गर्ने प्रमुख निकाय हो।
यस कार्यालयले प्रचलित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन, नियमावली तथा महालेखा नियन्त्रक कार्यालयबाट जारी नीति-निर्देशन बमोजिम सरकारी रकमको आम्दानी र खर्चको लेखाङ्कन, भुक्तानी, प्रतिवेदन तथा अनुगमन कार्य गर्दछ। साथै, जिल्लास्थित कार्यालयहरूको आर्थिक कारोबारको निरीक्षण, परामर्श तथा समन्वय गर्ने जिम्मेवारी पनि यस कार्यालयमा निहित छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, सुर्खेतले पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री सार्वजनिक वित्तीय व्यवस्थापन प्रणाली विकास गर्न सहयोग पुर्याउँदै सरकारी स्रोत-साधनको उचित, मितव्ययी र प्रभावकारी उपयोग सुनिश्चित गर्ने लक्ष्य लिएको छ।