national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा अष्टमी - २३

आन्तरिक लेखा परीक्षण तथा आन्तरिक नियन्त्रण प्रणालीसम्बन्धी तालिम सम्पन्न

आन्तरिक लेखा परीक्षण तथा आन्तरिक नियन्त्रण प्रणालीसम्बन्धी तालिम सम्पन्न

सुर्खेत, माघ १२ कोष तथा लेखा नियन्त्रक कार्यालय, सुर्खेतको आयोजनामा मिति २०८२ साल माघ ११ र १२ गते सोही कार्यालयको सभाकक्षमा आन्तरिक लेखा परीक्षण तथा आन्तरिक नियन्त्रण प्रणालीसम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

तालिम कार्यक्रमको उद्घाटन सत्र कोष तथा लेखा नियन्त्रक कार्यालय, सुर्खेतका प्रमुख कोष नियन्त्रक श्री मदन मगरातीज्यूको अध्यक्षता तथा सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री जगदिश्वर उपाध्यायज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा लोक सेवा आयोग, सुर्खेतका कार्यालय प्रमुख श्री शिवप्रसाद चौधरीज्यू, प्रदेश लेखा नियन्त्रक कार्यालय, सुर्खेतका कार्यालय प्रमुख श्री रत्नप्रसाद सुवेदी, महालेखा नियन्त्रक कार्यालय, काठमाडौँका लेखा अधिकृत, विभिन्न जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा इकाइ कार्यालयका लेखा अधिकृत, आन्तरिक लेखा परीक्षक सहायकलगायत कोष तथा लेखा नियन्त्रक कार्यालय, सुर्खेतका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

दुई दिनसम्म सञ्चालन भएको तालिममा आन्तरिक लेखा परीक्षणको महत्व, लेखा परीक्षणको आचारसंहिता, राजस्व, धरौटी तथा जिन्सी मालसामानको लेखा परीक्षण, मालसामान, निर्माण तथा परामर्श सेवाको लागत अनुमान, आन्तरिक नियन्त्रण प्रणालीको परिचय र महत्व, लेखा परीक्षणसम्बन्धी समूहगत अभ्यासलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

तालिममा लोक सेवा आयोग, सुर्खेतका कार्यालय प्रमुख श्री शिवप्रसाद चौधरी, संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, सुर्खेतका कार्यालय प्रमुख श्री प्रदीप खनाल तथा कोष तथा लेखा नियन्त्रक कार्यालय, सुर्खेतका प्रमुख कोष नियन्त्रक श्री मदन मगरातीज्यूले सहजीकरण गर्नुभएको थियो। तालिमको अन्तिम दिन सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै कोष तथा लेखा नियन्त्रक कार्यालय, सुर्खेतका प्रमुख कोष नियन्त्रक श्री मदन मगरातीज्यूबाट कार्यक्रम समापन गरिएको थियो।