कोष तथा लेखा नियन्त्रक कार्यालय, सुर्खेतद्वारा E-Pension सेवा शुभारम्भ तथा सेवा प्रवाह सुरु

कोष तथा लेखा नियन्त्रक कार्यालय, सुर्खेतद्वारा E-Pension सेवा शुभारम्भ तथा सेवा प्रवाह सुरु

राष्ट्रिय निजामती किताबखाना (निजामती), काठमाडौंबाट सेवा निवृत्त हुने कर्मचारीहरूलाई अवकाश पश्चात विभिन्न सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको सन्दर्भमा ती सेवाहरूलाई अझ सरल, सहज तथा पहुँचयोग्य बनाउने उद्देश्यले E-Pension प्रणाली कार्यान्वयनमा ल्याइएको छ।

सोही अनुसार मिति २०८२ साल चैत्र ६ गतेदेखि देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट E-Pension प्रणालीमार्फत सेवा प्रवाह सुरु गरिएको छ। यस प्रणाली अन्तर्गत निवृत्तभरण अधिकारी पत्र प्रदान गर्ने, संचित घर बिदा तथा बिरामी बिदा वापतको सुविधा निर्धारण पत्र उपलब्ध गराउने, औषधि उपचार वापतको सुविधा निर्धारण पत्र प्रदान गर्ने तथा निवृत्तभरण व्यवस्थापन कार्यालयसँग आवश्यक समन्वय गरी सेवा निवृत्त कर्मचारीले रोजेको जिल्लास्थित बैंकमा पेन्सन खाता खोल्ने व्यवस्था मिलाइएको छ।

यसै व्यवस्था अनुसार मिति २०८२ साल चैत्र २३ गते सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा कार्यरत सि.अ.हे.व. श्री गुप्त प्रसाद आचार्यलाई कोष तथा लेखा नियन्त्रक कार्यालय, सुर्खेतबाट E-Pension सेवा प्रदान गरिएको छ।

यस प्रणालीको कार्यान्वयनसँगै सेवा निवृत्त कर्मचारीहरूलाई प्रदान गरिने सेवाहरू अझ प्रभावकारी, छरितो र सेवाग्राहीमैत्री हुने अपेक्षा गरिएको छ।