आर्थिक प्रशासन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
आर्थिक प्रशासन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
सुर्खेत, २०८३ असार ४ - सुर्खेत जिल्लास्थित संघीय कार्यालय तथा स्थानीय तहका आर्थिक प्रशासन शाखा प्रमुखहरूसँग आर्थिक प्रशासनसँग सम्बन्धित विविध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, सुर्खेतको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतका प्रमुख कोष नियन्त्रक श्री मदन मगरातीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा कोष नियन्त्रक श्री लक्ष्मी विष्ट, आन्तरिक लेखा परीक्षक श्री विजयराज चन्द लगायत जिल्लास्थित संघीय कार्यालय तथा स्थानीय तहका आर्थिक प्रशासन शाखाका प्रमुख एवं प्रतिनिधिहरू र कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो।
_JACyTA5CmD_wrhrrzn.jpeg)
छलफल कार्यक्रममा आर्थिक प्रशासन सञ्चालन, सार्वजनिक वित्त व्यवस्थापन, लेखा प्रणाली, वित्तीय अनुशासन, आन्तरिक नियन्त्रण तथा समसामयिक आर्थिक विषयहरूमा विस्तृत छलफल एवं अन्तरक्रिया गरिएको थियो। विशेषगरी कार्यालयहरूको हिसाब मिलान गर्ने, चालु आर्थिक वर्षको खाता नियमानुसार समयमै बन्द गर्ने, लेखा व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा आर्थिक कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो।
_PHorSEL7du_rfhmkew.jpeg)
कार्यक्रममा सहभागी आर्थिक प्रशासन शाखाका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्ना कार्यालयमा आर्थिक प्रशासन सञ्चालनका क्रममा देखिएका अनुभव, समस्या तथा चुनौतीहरू प्रस्तुत गर्दै सुधारका उपायहरूबारे सुझाव आदान–प्रदान गर्नुभएको थियो।